नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो वेबसाइटमा अनधिकृत पहुँच भएको पुष्टि गरेको छ। काउन्सिलका अनुसार असोज २६ गते दिउँसो करिब २ बजेबाट साइटमा पहुँच अवरोध भएको थियो।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले भन्नुहुन्छ, कि आईटी समूहले सो घटनाको प्रारम्भिक अध्ययन गरिसकेको छ र महत्वपूर्ण डाटा सुरक्षित रहेको पुष्टि भएको छ। ‘हामीले फोरेन्सिक जाँच अघि बढाइरहेका छौं। डेटा एक्स्ट्र्याक्सन भए पनि प्रणालीभित्र परिवर्तन वा सम्पादन गरिएको पाइएको छैन,’ उनले बताए।
उनका अनुसार पुरानो सर्भर पुनः प्रयोग गर्न नहुने निष्कर्ष आएपछि नयाँ सर्भर स्थापना गर्नु पर्ने भएको छ। यसका लागि फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र नयाँ प्रणालीमा काम सुरु गरिने काउन्सिलले जनाएको छ।
ह्याकिङको विषय अनुसन्धानका लागि काउन्सिलले राष्ट्रिय साइबर ब्युरोसँग सहकार्य गरिरहेको छ। डा. देवले ह्याकरको पहिचान र आअइपी एड्रेस ट्रेस गर्ने कार्यसमेत जारी रहेको जानकारी दिए।
आईटी टोलीले केही फाइलहरू प्रभावित भएको तर संवेदनशील डेटामा परिवर्तन नआएको बताएको छ। काउन्सिलले पीडित प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित रहेको र आवश्यक सुरक्षा निवारक कदम अगाडि बढाइएको जनाएको छ। साइबर ब्युरोले फोरेन्सिक प्रमाणहरू संकलन गरी गम्भीरताका साथ अनुसन्धान अघि बढाइरहेको बताइएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
