नेपाल हेल्थ न्युज, पाल्पा । पाल्पा जिल्लामा स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिरहेको देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, चालु वर्षको यही अवधिसम्म ४ सय ३४ जना स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन्, जुन अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर हो। सन् २०८१ मा त्यही अवधिमा २ सय ४५ संक्रमित मात्र रहेका थिए।
तीन महिनाको अवधिमा युनाइटेड मिसन अस्पताल टानसेन, लुम्बिनी मेडिकल कलेज प्रभास, र रामपुर अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
ती बिरामीमा उच्च ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने लगायतका लक्षण देखिएको बताइएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसूदन भट्टराईका अनुसार, जाँच गरिएका बिरामीमध्ये धेरैजसोमा स्क्रब टाइफस पुष्टि भएको छ।
यो संक्रमण प्रायः संक्रमित झारापातमा बस्ने साना किराहरू बाट सर्छ, जसको टोकाइपछि ६ दिनदेखि ३ हप्तासम्ममा लक्षण देखिन थाल्छ। बिरामीको छालामा टोकिएको भाग कालो हुने, साथै निमोनिया, मेनिन्जाइटिस र मुटुमा असर पर्ने (मायोकार्डिटिस) जस्ता गम्भीर समस्या समेत देखिन सक्छन्।
यसै वर्ष, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की एक १२ वर्षीया बालिकाको स्क्रब टाइफसकै कारण ज्यान गएको पुष्टि भएको छ।पाल्पा मात्रै होइन, छिमेकी जिल्ला गुल्मी, स्याङ्जा र अर्घाखाँचीका बिरामी पनि यहाँका अस्पतालहरूमा स्क्रब टाइफसको उपचारका लागि आउने गरेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
