नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे व्यक्तिहरूलाई निःशुल्क उपचार सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ। यो कक्षमार्फत लक्षित वर्गका बिरामीलाई आवश्यक उपचारका लागि निजी तथा सामुदायिक अस्पतालसम्म पुर्याउन समन्वय गरिनेछ।
महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख डा. दीपक केसी र वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माबीच मंगलबार सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार वीर अस्पतालले सहजीकरण कक्ष सञ्चालनका लागि स्थान उपलब्ध गराउनेछ भने महानगरले तीन जना नर्सिङ अध्ययन गरेका जनशक्तिलाई करार सेवामा राखेर सञ्चालन गर्नेछ। ती जनशक्तिको पारिश्रमिक महानगरले व्यहोर्नेछ।
काठमाडौं महानगरले २०८० सालको फागुन १ गतेदेखि लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। यस सेवाअन्तर्गत देशका जुनसुकै स्थानमा बसोबास गर्ने व्यक्तिले पनि रोग पहिचानदेखि उपचारसम्म सुविधा पाउन सक्छन्। सेवा प्राप्त गर्नका लागि तीनवटा वैकल्पिक उपाय उपलब्ध छन्।
विपन्न परिचयपत्र भएकाले सिधै अस्पतालमा उपचार लिन सक्नेछन्। परिचयपत्र नभएकाहरूले वडाबाट आवश्यक सिफारिस र कागजात लिएर सेवा लिन सक्नेछन्। यी दुवै कागजात उपलब्ध नभएका व्यक्तिहरूले आफू विपन्न भएको प्रमाणसहित महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण इकाईमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
हालसम्म हर्निया, पित्तथैली र मिर्गौलाको पत्थरी, पाठेघरको समस्या, हाडजोर्नी, नाक, कान, घाँटीसम्बन्धी शल्यक्रिया सेवा, साथै मधुमेह, उच्च रक्तचाप, दम, क्षयरोग, दीर्घ कलेजो रोग, नशा तथा स्नायुसम्बन्धी समस्याका उपचार उपलब्ध गराइएको छ। आकस्मिक अवस्थाका बिरामीले पनि सेवा पाउने व्यवस्था छ।
महानगरको सहजीकरण प्रणालीमा हाल निजी क्षेत्रका ५३ वटा अस्पताल आबद्ध छन्, जसअन्तर्गत ३८० श्ययामा सेवा प्रदान भइरहेको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
