नेभिगेशन

बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी

नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई जना स्टाफ नर्सलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ।

वीर अस्पताल, महाबौद्धले २०८३ साल भदौ ३१ गते प्रकाशित गरेको सूचनामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को उपनियम १३३ को खण्ड (घ) बमोजिम लगातार ६० दिनभन्दा बढी समय बिदा स्वीकृत नगराई अनुपस्थित रहेको उल्लेख गरेको छ।

अस्पतालका अनुसार स्टाफ नर्स सातौँ तहमा कार्यरत सुनिता सिं डंगोल २०८२ साल पुस १९ गतेदेखि कार्यालयमा अनुपस्थित रहनुभएको छ। त्यस्तै, अर्की स्टाफ नर्स सुनिता थापा २०७९ साल पुस २८ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको अस्पतालले जनाएको छ।

अस्पतालले नियमावलीको नियम १२९ को खण्ड (घ) बमोजिम भविष्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवाका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउनेसहित विभागीय सजाय किन नगर्ने भन्दै दुवै कर्मचारीसँग स्पष्टीकरण मागेको छ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विभागीय सजाय गर्नु नपर्ने कुनै कारण भए आफ्नो सफाइ पेश गर्न सम्बन्धित कर्मचारीलाई अस्पतालले आग्रह गरेको छ।

अस्पतालले तोकिएको अवधिभित्र सफाइ पेश नगरेमा वा पेश गरिएको सफाइ सन्तोषजनक नभएमा प्रचलित नियमअनुसार थप कारबाही अघि बढाउने प्रक्रिया रहनेछ।

bir-hospital-1789619957.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट