नेपाल हेल्थ न्युज, दाङ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरेर हाल सरकारी अस्पतालहरूमा कार्यरत चिकित्सकहरूलाई निजी क्षेत्रको स्वास्थ्य संस्थामा सेवा नदिन निर्देशन दिएको छ।
बुधबार जारी गरिएको निर्देशनमा मन्त्रालयले प्रदेश अन्तर्गतका अस्पतालहरूमा कार्यरत छात्रवृत्ति प्राप्त चिकित्सकहरूलाई केवल तोकिएको अस्पतालमा मात्र सेवा दिनुपर्ने उल्लेख गरेको छ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीका अनुसार यो निर्देशन विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिममा तयार भएको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूको परिचालन कार्यविधि अनुसार गरिएको हो।
उक्त कार्यविधि अनुसार सरकारी छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन गरेर नियुक्ति पाएका चिकित्सकहरूले निजी रुपमा सेवा दिन नमिल्ने स्पष्ट प्रावधान छ। त्यसैले, प्रदेशभरिका अस्पतालहरूलाई बुधबार पत्र पठाई उक्त नियमको पालना गराउन भनिएको चौधरीले जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालयको यो कदमले सरकारी सेवामा रहेका चिकित्सकहरूलाई पूर्णकालीन रूपमा सार्वजनिक स्वास्थ्य सेवामा केन्द्रित गराउने उद्देश्य लिएको बताइएको छ।
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३

