नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ। यो प्रतिष्ठित अवार्ड विश्व स्वास्थ्य संगठन द्वारा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि दिइएको हो।
श्रीलङ्काको कोलम्बोमा आयोजित विश्व स्वास्थ्य संगठन को दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औं बैठकको अवसरमा आयोजित कार्यक्रममा, डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस र कार्यवाहक क्षेत्रीय निर्देशक डा. क्याथरिना बोहमले नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार, यो सम्मान नेपालका महिला स्वयंसेविकाहरूले समुदायमा स्वास्थ्य सेवा विस्तार, जनचेतना अभिवृद्धि, र सार्वजनिक स्वास्थ्य सुधारमा पुर्याएको महत्वपूर्ण योगदानको कदर स्वरूप प्रदान गरिएको हो।
यो अवार्डले दशकौंदेखि ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउँदै आएका हजारौं महिला स्वयंसेविकाको भूमिका र समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्यांकन गरिएको छ ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
