नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले नर्सहरूको आन्दोलनप्रति ध्यान दिन र समाधानतर्फ अग्रसर हुन आग्रह गरेकी हुन्।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले दक्ष स्वास्थ्य जनशक्तिलाई न्यून पारिश्रमिकमा काम गराइँदा देशबाट वैदेशिक पलायनको खतरा बढ्ने जनाउँदै यथाशीघ्र उपयुक्त कदम चाल्न निर्देशन दिइन्।
उनले आन्दोलनको कारण, पृष्ठभूमि र मागहरू स्पष्ट रूपमा बुझेर त्यसअनुसार कार्यान्वयनमा ल्याउन सचिव देवकोटालाई भनिन्। साथै, समस्याको समाधानप्रति प्रगति नियमित रूपमा जानकारी गराउन पनि आग्रह गरिन्।
हाल कास्कीस्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू पाचौँ तहको पारिश्रमिक बराबर ३४,७३० रुपैयाँ सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयले गत मंसिर महिनामा देशभरका नर्सहरूको न्यूनतम पारिश्रमिक यही दरमा निर्धारण गर्ने निर्णय गरेको थियो।
क्यान्सर उपचारका अत्यावश्यक औषधि ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने
मंगलबार, जेठ २६, २०८३
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
मंगलबार, जेठ २६, २०८३
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
मंगलबार, जेठ २६, २०८३
प्रहरी निरीक्षक डा. विवेक पन्थीलाई सेवाबाट हटाउने तयारी
मंगलबार, जेठ २६, २०८३

