नेपाल हेल्थ न्युज, काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अघि सारेको प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुबीच सहमति बनेको छ ।
हालै थाइल्याण्डको बैंककमा सम्पन्न बैठकमा पूर्व मन्त्री पौडेलले यस अघि संगठनको नेतृत्वसमक्ष अघि बढाएको प्रवासी कामदारको स्वास्थ्य रक्षाको ग्यारेन्टी रोजगारदाता मूलुकले लिनु पर्ने विषयमा समर्थन जुटेको हो ।
यस अघि नै पौडेलले क्षेत्रीय बैठकमा संगठनका अलावा त्यहाँका राजनीतिक नेतृत्वसमक्ष यो प्रस्तावका पक्षमा समर्थन जुटाएका थिए भने संगठनको केन्द्रीय बैठकमा आगामी महासभामा नेपालका तर्फबाट प्रस्ताव अघि बढाउन मार्ग प्रशस्त भएको थियो ।
निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले संगठनले विश्वव्यापी स्वास्थ्य पहुँचअन्र्तगत बिना कुनै आर्थिक भार प्रवासी कामदारको स्वास्थ्यरक्षाका पहुँच उपलब्ध गराउन सहमत हुनु सकारात्मक भएको बताए ।
‘लाखौं श्रमिक रोजगारीका लागि विभिन्न देशमा रहेको र अर्थतन्त्रको मुख्य श्रोत नै रेमिट्यान्स भएकाले हाम्रा श्रमिकसहित सबै देशका श्रमिकनागरिकको स्वास्थ्यरक्षाका लागि नेपालले पहल थालेको हो,’ उनले भने,‘संगठनको आगामी महासभामा नेपालको प्रस्तावका रुपमा लैजाने तयारीमा दक्षिण पूर्वी एसियाली राष्ट्रका तर्फबाट सकारात्मक प्रतिबद्धता आउनुले यो विषय अब सबैको मुद्दा बन्ने देखिएको छ ।’ यो देश र देशका सारा प्रवासी श्रमिकका लागि खुशीको क्षण भएको उल्लेख गर्दै उनले भने,‘यो नेपाली र नेपाली श्रमिक दुवैका लागि खुशीको क्षण हो ।’
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३

