नेपाल हेल्थ न्युज, काठमाडौं । नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा डा. सुधा शर्मा गौतमले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा मन्त्री शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई शपथ गराएका हुन्। शपथपछि मन्त्री शर्माले रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार सम्हाल्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले हालै मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र गुप्तालाई क्रमशः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेकी हुन्।
मन्त्रिपरिषद् विस्तारका क्रममा सिफारिस भएका चारमध्ये दुई जना मात्रै शपथ लिएका छन्। गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारबारे विवाद उत्पन्न भएपछि उनीहरूको शपथ हालका लागि स्थगित गरिएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
