नेपाल हेल्थ न्युज, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका कर्मचारीहरूलाई आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न आग्रह गरेकी छिन्। उनले कुनै पनि तहमा भ्रष्टाचारको घटना नहोस् भनी स्पष्ट निर्देशन दिएकी छन्।
पदभार ग्रहण पछि कर्मचारीहरूसँगको बैठकमा मन्त्री शर्माले भनेकी छन्, कि मन्त्रालयका शाखा तथा विभागहरूले प्रवाह गर्ने सेवाहरू नागरिकमैत्री हुनुपर्नेछ। साथै, सेवा प्रवाहको क्रममा सेवाग्राहीलाई असुविधा पुर्याउने वा झुक्याउने प्रयास गरिए भ्रष्टाचारकै अंग मानिने भएकाले यस्तो कार्य नगर्न चेतावनी दिइन्।
उनले थपिन्, “कुनै पनि तहबाट भ्रष्टाचारको घटना हुन नदिनु हाम्रो पहिलो जिम्मेवारी हो। प्रशासनिक र आर्थिक दुवै दृष्टिले सही काम गर्नु जरुरी छ। सेवाग्राहीलाई दुःख दिने, झुल्याउने कार्य समेत भ्रष्टाचारकै रूपमा गनिन्छ। यसकारण हामीले यस्तो हुन नदिन सक्दो पहल गर्नुपर्छ।”
मन्त्री शर्माले आफू सचिव रहँदा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने चुनौती अनुभव गरेको पनि स्मरण गराइन्। उनले भनिन् कि प्रशासनिक स्तरमा गरेको प्रयासले राजनीतिक तहका चुनौतीहरू सबै समाधान गर्न सक्दैनन्, जसका कारण उनले राजीनामा दिने निर्णय लिएको बताइन्।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
