नेपाल हेल्थ न्युज, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सबै राजनीतिक दलहरुलाई निर्वाचन भाँड्ने प्रयास नगर्न आग्रह गर्नुभएको छ।
सोमबार मन्त्री गौतमले काठमाडौंस्थित ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरी यस्तो सन्देश दिनुभयो। उहाँले अब निर्वाचन भाँड्ने बहानामा कुनै आन्दोलन नगर्न सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराउनुभयो।
मन्त्री गौतमका अनुसार सरकार अब निर्वाचनमा केन्द्रित छ, त्यसैले त्यसको विरोध गरिरहन आवश्यक छैन। उहाँले घाइते बिरामीहरुले अस्पतालको बेथिति र समस्याबारे दिएको सुझावलाई आधार मानेर सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “बिरामीहरुको अवस्था देख्दा निकै गाह्रो लाग्यो। म चाहन्छु कि मुलुक आन्दोलनमा नजाओस्। जसले सरकारको विरोध गर्दै चुनाव भाँड्न खोज्छन्, म उहाँहरुलाई त्यसो नगर्न अनुरोध गर्दछु। हाम्रो जन आन्दोलनको मूल उद्देश्य यी विकृति र बेथिति हटाउनु नै थियो।”
त्यसैगरी मन्त्री गौतमले सिनामङ्गलस्थित केएमसी अस्पतालमा रहेका घाइतेहरुको अवस्थाबारे जानकारी लिँदै अस्पतालले उपचारमा कुनै कमी नगरेको पनि जानकारी दिनुभयो। उहाँले जेनजी आन्दोलनका सहिद र घाइतेहरुको बलिदान व्यर्थ नजाओस् भन्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
