नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मालाई नेपालको स्वास्थ्य क्षेत्रका प्रमुख समस्या र तिनका सम्भावित समाधानसम्बन्धी सुझावहरू औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
संघले मन्त्री शर्मालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, स्वास्थ्य प्रणालीमा देखिएका चुनौतीहरूबारे विस्तृत रूपमा जानकारी गराएको हो।
पत्रमा संघले संघीय व्यवस्थापछि देखिएका समन्वय अभाव, प्राथमिक स्वास्थ्य सेवा कमजोर हुनु, स्वास्थ्य बीमा कार्यक्रमको सीमित प्रभाव, र मानव स्रोत व्यवस्थापनमा असमानता जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा उल्लेख गरेको छ।
त्यस्तै, संघले प्राथमिक स्वास्थ्य संरचनालाई सबल बनाउन, स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावहारिक र प्रभावकारी बनाउने, र संघीय, प्रादेशिक तथा स्थानीय तहबीचको जिम्मेवारी र जवाफदेहिता स्पष्ट पार्न सरकारलाई आग्रह गरेको छ।
चिकित्सक संघले ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको सुरक्षा र मनोबल वृद्धि गर्न नीतिगत पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ।
मन्त्री शर्मासँगको भेटका क्रममा संघका प्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा दीगो सुधारका लागि चिकित्सक समुदाय र मन्त्रालयबीचको सहकार्य अपरिहार्य रहेको बताएका थिए। मन्त्री शर्माले संघको सुझाबलाई सकारात्मक रूपमा लिएर आगामी नीतिमा प्राथमिकता दिने आश्वासन दिएको जनाइएको छ।
संघका अनुसार, स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नीति, संरचना र व्यवहारगत सुधार एकसाथ अघि बढाउन आवश्यक छ, र यसका लागि सबै सरोकारवालाको साझा प्रतिबद्धता अपरिहार्य रहनेछ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
