नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा पहिलो पटक दुई जना ट्रान्सम्यानले स्तन निकाल्ने शल्यक्रिया गराएका छन्।
अस्पतालको प्लास्टिक सर्जरी विभागका अनुसार यीमध्ये एक जना उपत्यकाबाहिरका र अर्को उपत्यकाभित्रका रहेको जनाएको छ। उनीहरूले पुरुष पहिचानअनुसार शरीरलाई अनुकूल बनाउन स्तन हटाउने निर्णय गरेका थिए।
विभागका चिकित्सकहरूले जानकारी दिँदै भने, हालसम्म ट्रान्सम्यानका लागि अन्य जटिल लिंग परिवर्तन (फ्यालोप्लास्टी) शल्यक्रिया भने सुरु गरिएको छैन, किनकि सो प्रक्रिया निकै जटिल र लामो तयारी आवश्यक हुने गर्छ ।
यो अस्पतालमा पहिलो पटक लिंगको शल्यक्रिया गरी महिलाको योनी बनाउने शल्यक्रिया ट्रान्सजेण्डर (पुरुषबाट महिला बन्ने शल्यक्रिया) मा भने भइसकेको छ ।
नेपालमा हालसम्म ट्रान्सम्यानहरूबाट लिंग निर्माण शल्यक्रियाको माग धेरै नभएको चिकित्सकहरूको भनाइ छ। तर, ट्रान्सवुमन समुदायका केही व्यक्तिहरूले पुरुष विशेषता घटाउने उद्देश्यले घाँटीको रुद्रघण्टी सानो पार्ने शल्यक्रिया गराइरहेका छन्।
“पुरुषमा रुद्रघण्टी ठूलो देखिने भएकाले कतिपय ट्रान्सवुमनले त्यो सानो बनाउन माग गर्छन्,” अस्पतालका बर्न र प्लास्टिक सर्जन डा. जयनमान श्रेष्ठले बताउनुभयो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
