नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन्। प्रतिष्ठानमा जेठ महिनादेखि सुरु गरिएको सेवा प्रभावकारी बन्दै गएको छ। असोज मसान्तसम्म करिब २ सय ७७ जना बिरामीले यहाँ उपचार लिएका छन्।
डा. सुशिल खनियाको नेतृत्वमा चिकित्सक डा. विवेक थापा र डा. पङ्कज नेपालीको टोलीले नियमित रूपमा साना तथा ठूला शल्यक्रिया गर्दै आएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका तथ्याङ्कअनुसार हाल दैनिक करिब ७० जना बिरामी युरोलोजी ओपीडीमा परामर्शका लागि आउने गरेका छन्। यसअघि दाङका बिरामीहरूलाई यस्ता सेवाका लागि बुटवल वा नेपालगन्जसम्म जानुपर्ने बाध्यता थियो। अत्याधुनिक उपकरण र दक्ष चिकित्सकसहित सेवा सुरु भएपछि अब स्थानीय तहमै उपचार सम्भव भएको प्रतिष्ठानले जनाएको छ।
डा. खनियाका अनुसार अहिलेसम्म १ सय ५७ जना बिरामीको मिर्गौलामा भएको जटिल प्रकारको पत्थरी निकाल्ने शल्यक्रिया गरिएको छ। त्यस्तै, २२ जना मध्यम र ९९ जना बिरामीको सामान्य प्रकारका शल्यक्रिया सम्पन्न भएका छन्।
युरोलोजी सेवामा पिसाबसम्बन्धी रोग, प्रोस्टेट समस्या, मिर्गौला तथा पित्तथैलीको पत्थरी, पिसाब नलीका रोग, अण्डकोषमा सुन्निने वा मासु पलाउने समस्या, पिसाब पोल्ने वा चुहिने जस्ता विविध रोगको उपचार उपलब्ध छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार युरोलोजी सेवा छोटो अवधिमै जनविश्वास आर्जन गर्न सफल भएको छ र सेवा प्रभावकारी तथा जनमुखी बन्दै गएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
