नेपाल हेल्थ न्युज, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाबाट प्रभावित भएका क्षेत्रका घरघरमा स्वास्थ्यकर्मीको टोली पुगेको छ। टोलीले हाल घर–घरमा गएर पखालाका नमुना सङ्कलन गर्दैछन्।
कोचाबखारी स्वास्थ्य चौकी, लोखरमका प्रमुख आलोक रन्जन झाले बताए अनुसार सङ्कलन गरिएका नमुना परीक्षणका लागि पठाइँदैछन् र परीक्षणपछि उपचार प्रक्रिया अगाडि बढाइनेछ।
मुसहर बस्तीमा झाडापखालाबाट एकै परिवारका तीनजनाको मृत्यु भइसकेको छ। अहिलेसम्म करिब १५ जनाको पखालाका नमुना सङ्कलन गरिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
