नेपाल हेल्थ न्युज, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाबाट प्रभावित भएका क्षेत्रका घरघरमा स्वास्थ्यकर्मीको टोली पुगेको छ। टोलीले हाल घर–घरमा गएर पखालाका नमुना सङ्कलन गर्दैछन्।
कोचाबखारी स्वास्थ्य चौकी, लोखरमका प्रमुख आलोक रन्जन झाले बताए अनुसार सङ्कलन गरिएका नमुना परीक्षणका लागि पठाइँदैछन् र परीक्षणपछि उपचार प्रक्रिया अगाडि बढाइनेछ।
मुसहर बस्तीमा झाडापखालाबाट एकै परिवारका तीनजनाको मृत्यु भइसकेको छ। अहिलेसम्म करिब १५ जनाको पखालाका नमुना सङ्कलन गरिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
