नेपाल हेल्थ न्युज, बुटवल । सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले विगत १० वर्षमा करिब ९ लाख २६ हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। अस्पतालका अनुसार यो अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा, भर्ना (इन्डोर) र प्रसूति सेवामा मानिसहरूले सेवाग्राही बनेका छन्।
विस्तृत तथ्यांक अनुसार, १० वर्षमा बहिरङ्ग सेवामा करिब ३ लाख ९५ हजार, आकस्मिक सेवामा २ लाख ६३ हजार, भर्ना सेवामा २ लाख २ हजार र प्रसूति सेवामा ४६ हजार २ सय भन्दा बढीले सेवा लिएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद पराजुलीका अनुसार, आम्दा नेपाल २७ वर्षअघि बुटवलमा स्थापित भएको थियो। काठमाडौँ बाहिर पहिलो बाल तथा महिला अस्पतालको रूपमा स्थापना भएको यस संस्थाले सुरुवाती पाँच वर्ष च्यारिटी अस्पतालको रूपमा सञ्चालन गर्यो। सुरुमा ५० शय्याबाट सेवा दिने अस्पताल अहिले १०० शय्याको स्वीकृतिसहित डेढ सय भन्दा बढी सेवा प्रदान गर्दै आएको छ।
अस्पतालमा बहिरङ्ग (ओपिडी), पिडियाट्रिक, पिडियाट्रिक सर्जरी, जेनेरल, गाइनोक्लोजी, एनआईसियु, पिआईसियु, एचडियुलगायतका सेवा उपलब्ध छन्। साथै महिलाको पाठेघर क्यान्सर र थालासेमिया रोगको परीक्षण र उपचार समेत भइरहेको छ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्ष जनशक्ति उत्पादनमा योगदान गर्दै आएको यस अस्पतालमा २५ भन्दा बढी विभागीय प्रमुख कार्यरत छन्। अस्पतालले अध्ययन र अनुसन्धानमा पनि जोड दिएको छ भने ३९० घण्टाको सर्ट टर्म केयर गियर तालिम समेत सञ्चालन भइरहेको छ।
स्थापना दिवसको अवसरमा आज बुटवलमा नयाँ तीन कोठे शैक्षिक भवन उद्घाटन गरिएको छ। यस भवनमा फार्मेसी, हेल्थ एसिस्टेन्स र नर्सिङ सम्बन्धी विषयमा अध्ययन हुनेछ। जापानी नागरिक तथा आम्दाका पूर्व कर्मचारी सुन्सुके सुजुकीको सहयोगमा करिब ३२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने तयारी भइरहेको बताए। कार्यक्रममा आम्दा माइनसका अध्यक्ष सुन्सुके सुजुकीले क्षेत्रीय स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले जापानी सरकार र नागरिकको सहयोगमा अस्पताल स्थापना गरिएको जानकारी दिए।
अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष हरि अर्यालले भने, “महिला र बालबालिकालाई समानुपातिक सेवा दिने लक्ष्य भए पनि तथ्यांकले देखाउँछ कि बालबालिकाले बढी सेवा लिएका छन्।”
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
