नेपाल हेल्थ न्यजु,काठमाडौं — आन्दोलनरत नर्सहरूको माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयमा बनेको कार्यदलको सोमबारको बैठकमा नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाट सहभागी भएकी छैनन्। उनले बैठक संवादका नाममा आन्दोलन कमजोर पार्ने प्रयास भएको भन्दै बहिष्कार गरेकी हुन्।
रानाभाटका अनुसार अघिल्ला सहमतिहरूमा असहमति रहँदै नेपाल नर्सिङ संघले ४८ घण्टे अल्टिमेटम दिएको कारण बैठकमा बस्नु औचित्यहीन भएको हो।
यसअघि आइतबार आन्दोलनरत नर्सहरूले संघले अधुरो सम्झौता गरेको भन्दै संघ कार्यालय घेराउ गरेका थिए। त्यसपछि दुबै पक्षबीच छलफल भई आन्दोलनका कार्यक्रम यथावत् राख्ने सहमति भएको थियो।
नर्सहरूको माग सम्बोधनका लागि मन्त्रालयले अतिरिक्त सचिव प्रा।डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
