नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा गरिएको छ। कोशी अस्पतालका तत्कालीन निर्देशक डा. रुणा झालाई भने आफ्नै विज्ञताको क्षेत्रमा उपचार सेवामा केन्द्रित हुने जिम्मेवारी दिइएको छ।
गत २८ फागुनमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयमार्फत डा. झालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा नियुक्त गरेका थिए। तर हाल उनी कोशी अस्पतालमा सरुवा भएपछि सो महाशाखामा नयाँ निर्देशकको जिम्मेवारी अहिलेसम्म तोकिएको छैन।
यसैबीच, स्वास्थ्य मन्त्री डा. शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय तथा स्वास्थ्य सेवा विभागका विभिन्न महाशाखा र केन्द्रका पदाधिकारीहरूमा सरुवा र जिम्मेवारी तोक्ने निर्णय गरेका छन्। सो निर्णयअनुसार राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलियालाई पठाइएको छ भने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखामा डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी व्यवस्थापन महाशाखामा केशवराज पण्डित र उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझीलाई पठाइएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालयमा बोलाइएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
