नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र आठ सदस्य पदका लागि निर्वाचन यस पुसमा आयोजना हुने भएको छ। निर्वाचन कार्यतालिकाअनुसार, पुस ४ र ५ गते काठमाडौं उपत्यकाबाहिर र पुस ११ र १२ गते उपत्यकाभित्र मतदान हुने कार्यक्रम तय गरिएको छ।
मतदाताको प्रथम नामावली कात्तिक २५ गते सार्वजनिक हुने जनाइएको छ। निर्वाचन सञ्चालनको लागि काउन्सिलले निर्वाचन समिति गठन गरेको छ।
समितिको नेतृत्व प्रा. डा. रविन्द्रमान श्रेष्ठले प्रमुख निर्वाचन अधिकृतको रूपमा गर्नेछन् भने प्रा. डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी निर्वाचन अधिकृत रहेका छन्।
काउन्सिलका नियमअनुसार, उपाध्यक्ष पदका उम्मेदवार कम्तिमा १५ वर्षको अनुभव भएका दर्तावाला चिकित्सक हुनुपर्नेछ भने सदस्य पदका उम्मेदवारका लागि कम्तिमा ५ वर्षको अनुभव आवश्यक छ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकले मतदानमा सहभागी हुन पाउनेछन्। हालका निर्वाचित सदस्यहरूको कार्यकाल २०७८ देखि २०८२ सम्मको रहेको र आगामी २०८२ पौष १ गते सकिने छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार निर्वाचन सम्बन्धी थप विवरण र कार्यतालिका छिट्टै सार्वजनिक गरिने छ।

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
