नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका विभिन्न निकायमा प्रमुखहरू र निर्देशकहरूको सरुवा गरेको छ।
मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व डा. रोशन न्यौपानेलाई जिम्मेवारी दिएको छ। यसअघि उक्त महाशाखामा कार्यरत डा. चन्द्रभाल झा कोशी अस्पतालमा सरुवा भएका छन्, तर उनी अस्पताल निर्देशक भने बनेका छैनन्। हाल अस्पताल निर्देशक डा. रुना झा रहन्छिन्।
त्यसैगरी, स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखामा डा. मदनकुमार उपाध्यायलाई निर्देशक पदमा नियुक्त गरिएको छ। यो पद डा. विवेक लाल निलम्बन भएपछि रिक्त भएको थियो।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा डा. राधिका थपलिया नियुक्त भएकी छन्। उनी यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिवको रूपमा कार्यरत थिइन्। यस बीच, केन्द्रका पूर्व निर्देशक डा. केशवराज पण्डितलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
अर्कोतर्फ, व्यवस्थापन महाशाखामा कार्यरत डा. पवनजंग रायमाझीलाई उपचारात्मक सेवा महाशाखाको निर्देशक बनाइएको छ। यो पद डा. सुधा देवकोटा डडेल्धुरा अस्पतालमा निर्देशक बनेपछि चार महिनादेखि रिक्त थियो। नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई पनि मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णय अनुसार यी सबै सरुवा कार्यान्वयन गरेको हो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
