नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ। यो कार्यक्रम कात्तिक २० र २१ गते आज र भोलि सञ्चालन हुनेछ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार, छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाइनेछ।
सामान्यतया यो अभियान हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष तिहार पर्व ती मितिमा परेकाले कार्यक्रम केही पछि सारिएको हो।
देशका ७५३ स्थानीय तहमा सञ्चालन हुने यस अभियानमार्फत करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाखलाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।
कार्यक्रम सफल बनाउनका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
