नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ। यो कार्यक्रम कात्तिक २० र २१ गते आज र भोलि सञ्चालन हुनेछ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार, छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाइनेछ।
सामान्यतया यो अभियान हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष तिहार पर्व ती मितिमा परेकाले कार्यक्रम केही पछि सारिएको हो।
देशका ७५३ स्थानीय तहमा सञ्चालन हुने यस अभियानमार्फत करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाखलाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।
कार्यक्रम सफल बनाउनका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

