नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारबापत लामो समयदेखि बाँकी रहेको अस्पतालहरूको बक्यौता रकम भुक्तानी गरेको छ।
बोर्डले अस्पतालहरूबाट प्राप्त कागजातहरूको पुनरावलोकनपछि २०८१ साल कार्तिकदेखि चैत्र मसान्तसम्मका लागि स्वीकृत बीमा दाबी रकम अस्पतालहरूको बैंक खातामा पठाएको जनाएको छ। भुक्तानी रकम मिति २०८२ असोज ३१ र कात्तिक २ गते अस्पतालहरूको सम्बन्धित खातामा जम्मा गरिएको हो।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेका बक्यौता रकमहरू क्रमिक रूपमा भुक्तानी गर्ने कार्य भइरहेको छ। उहाँले आगामी कात्तिक महिनाभित्र वैशाखदेखि असोजसम्मका बक्यौता रकम पनि भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार हाल वैशाखदेखि असोजसम्म करिब ११ अर्ब रुपैयाँ बक्यौता रहेको छ। बोर्डले बीमित सदस्यहरूबाट वार्षिक करिब रु तीन खर्ब ७२ करोड सङ्कलन गर्दै आएको छ भने यसको वार्षिक खर्च करिब रु २६ अर्ब रहेको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच सदस्यीय परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानमा स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ। देशभर बोर्डसँग आवद्ध ३७७ प्रथम सेवा बिन्दु स्वास्थ्य संस्था र ९८ रिफरल स्वास्थ्य संस्था छन्। हालसम्म ९४ लाखभन्दा बढी बीमित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

