नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको पोषण शाखाले आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि वितरण गर्दैछ।
शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार, छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि दिइनेछ।
थापाका अनुसार, यस वर्षको दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन हुने तय गरिएको छ। सो कार्यक्रम प्रभावकारी बनाउन करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
सरकारले बालबालिकामा कुपोषण र अन्य स्वास्थ्य समस्या घटाउन (वि.सं. २०५०) देखि नियमित रूपमा भिटामिन ‘ए’ कार्यक्रम सुरु गरेको हो। त्यसपछि वि.सं. २०५६ देखि जुकाको औषधि पनि नियमित रूपमा वितरण हुँदै आएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
