नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको पोषण शाखाले आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि वितरण गर्दैछ।
शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार, छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि दिइनेछ।
थापाका अनुसार, यस वर्षको दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन हुने तय गरिएको छ। सो कार्यक्रम प्रभावकारी बनाउन करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
सरकारले बालबालिकामा कुपोषण र अन्य स्वास्थ्य समस्या घटाउन (वि.सं. २०५०) देखि नियमित रूपमा भिटामिन ‘ए’ कार्यक्रम सुरु गरेको हो। त्यसपछि वि.सं. २०५६ देखि जुकाको औषधि पनि नियमित रूपमा वितरण हुँदै आएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
