नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल अर्बुद रोग विजेता समाजको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति चयन गर्दै प्रमिता खनाललाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएको छ।
कार्यक्रमको सुरुमा हालै क्यान्सरका कारण निधन भएकी संस्थाकी कोषाध्यक्ष बिनु केसीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सदस्यहरूले उनको स्मृतिमा एक मिनेट मौन धारण गरेका थिए। अध्यक्ष खनालले सभामा संस्थाको वार्षिक प्रगतिबारे जानकारी दिनुभयो, भने उपाध्यक्ष पुजा कुँवरले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यक्रमका विशेष अवसरमा वरिष्ठ गायिका तथा क्यान्सर विजेता मीरा राणा र क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पियालाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।
नवगठित कार्यसमितिमा प्रमिता खनाल अध्यक्ष, पुजा कुँवर उपाध्यक्ष, प्रमिला केसी सचिव, सुस्मिता शर्मा कोषाध्यक्ष र सजिना पाण्डे तथा बिमला दाहाल सदस्य रहेका छन्। बाँकी तीन सदस्य मनोनयन गर्ने अधिकार समितिलाई दिइएको छ।
त्यसैगरी, संस्थाका सल्लाहकार डा. अरुण शाही, तारा पोखरेल, पूर्व एसएसपी वसन्त कुँवर, डा. तारा सिंह बम, पत्रकार धनबहादुर खड्का र इन्जिनियर कैलाश शर्मालाई प्रमाणपत्र प्रदान गरिएको थियो।
सभाले आगामी वर्ष क्यान्सरबारे जनचेतना अभिवृद्धि, उपचार सहयोग र क्यान्सर जितेका व्यक्तिहरूको मनोबल सुदृढ गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
कार्यक्रमकी प्रमुख अतिथि मीरा राणाले क्यान्सर उपचार प्रक्रियामा बिरामीले भोग्नुपर्ने कठिनाइ घटाउन अस्पतालहरूले अझ बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
