नेपाल हेल्थ न्युज, सप्तरी । राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार साँझ तनावपूर्ण घटना भएको छ । अस्पतालका कार्यवाहक मेडिकल सुपरिन्टेन्डेन्ट (निमित्त मेसु) डा. दिलिप साहमाथि केही व्यक्तिहरूले हातपात गरेका छन् भने आकस्मिक कक्षमा समेत तोडफोड भएको छ ।
घटना अस्पतालको नवजात सघन कक्ष (एनआइसीयू) मा भएको विद्युत् सर्टसर्किटपछि सुरु भएको हो । सर्टसर्किटका कारण झरेको बल्बले एक नवजात शिशु घाइते भएपछि परिवारजन र जेनजी समूहका युवाहरू आक्रोशित बनेका थिए । आक्रोशित समूहले डा. साहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड गरेका थिए ।
अस्पताल प्रशासनका अनुसार घाइते शिशु रुपनी गाउँपालिका–३ की रेखा यादवका सन्तान हुन् । उनलाई थप उपचारका लागि धरान स्थानान्तरण गरिएको छ ।
डा. साहका भनाइअनुसार सर्टसर्किटपछि उनी निरीक्षणका लागि एनआइसीयूमा पुगेका बेला केही युवाहरूले अकस्मात् उनीमाथि हातपात गरेका थिए ।
घटनापछि चिकित्सकहरू आक्रोशित बनेका छन् । अस्पताल प्रशासनले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेसम्म चिकित्सकहरूले आकस्मिक सेवा समेत बन्द गरी धर्ना बस्ने चेतावनी दिएका छन् ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

