नेपाल हेल्थ न्युज, सप्तरी । राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार साँझ तनावपूर्ण घटना भएको छ । अस्पतालका कार्यवाहक मेडिकल सुपरिन्टेन्डेन्ट (निमित्त मेसु) डा. दिलिप साहमाथि केही व्यक्तिहरूले हातपात गरेका छन् भने आकस्मिक कक्षमा समेत तोडफोड भएको छ ।
घटना अस्पतालको नवजात सघन कक्ष (एनआइसीयू) मा भएको विद्युत् सर्टसर्किटपछि सुरु भएको हो । सर्टसर्किटका कारण झरेको बल्बले एक नवजात शिशु घाइते भएपछि परिवारजन र जेनजी समूहका युवाहरू आक्रोशित बनेका थिए । आक्रोशित समूहले डा. साहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड गरेका थिए ।
अस्पताल प्रशासनका अनुसार घाइते शिशु रुपनी गाउँपालिका–३ की रेखा यादवका सन्तान हुन् । उनलाई थप उपचारका लागि धरान स्थानान्तरण गरिएको छ ।
डा. साहका भनाइअनुसार सर्टसर्किटपछि उनी निरीक्षणका लागि एनआइसीयूमा पुगेका बेला केही युवाहरूले अकस्मात् उनीमाथि हातपात गरेका थिए ।
घटनापछि चिकित्सकहरू आक्रोशित बनेका छन् । अस्पताल प्रशासनले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेसम्म चिकित्सकहरूले आकस्मिक सेवा समेत बन्द गरी धर्ना बस्ने चेतावनी दिएका छन् ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
