नेपाल हेल्थ न्युज, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र आगजनी भएपछि अस्पतालले आकस्मिक (इमर्जेन्सी) सेवा बाहेकका सबै उपचार सेवा बन्द गरेको छ।
अस्पताल प्रशासनका अनुसार आइतबार साँझ एनआइसीयू वार्डमा उपचार भइरहेका एक नवजात शिशु घाइते भएपछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए। घटनाक्रममा अस्पतालका निमित्त मेसु (कार्यकारी प्रमुख) दिलिप साहमाथि समेत हातपात भएको बताइएको छ।
अस्पतालले राति एक विज्ञप्ति जारी गर्दै सुरक्षाको प्रत्याभूति र दोषीमाथि कारबाही नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
एनआइसीयूमा उपचाररत रूपनी गाउँपालिका–स्थित हर्दियाका राम यादवका नवजात छोरा बिद्युत सर्ट भएर बलिरहेको चिम (बल्ब) खस्दा गम्भीर घाइते भएका थिए। घाइते शिशुलाई थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ।
पीडित परिवारका अनुसार शिशुको पोलाइ घटना भएपछि पनि तत्काल नर्सले ध्यान नदिएको आरोप लगाइएको छ। परिवारले भनेका छन्, 'यदि तत्काल सहयोग मिलेको भए बच्चा यति गम्भीर घाइते हुने थिएन।' परिवारले शिशुको सम्पूर्ण उपचार खर्च अस्पतालले बेहोर्नुपर्ने र घटनाको जिम्मेवारी लिनुपर्ने माग गरेका छन्। अस्पतालका अधिकांश सेवा बन्द हुँदा उपचारका लागि आएका अन्य बिरामीहरूलाई समेत सास्ती भएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
