नेपाल हेल्थ न्युज, काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना हुनुभएको छ।
प्रदेश प्रमुख भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज (सोमबार) अस्पताल लगिएको उहाँका स्वकीय सचिव टिकाराम उप्रेतीले जानकारी दिनुभयो।
उप्रेतिका अनुसार भण्डारी लामो समयदेखि मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर) र कोलेस्ट्रोलसम्बन्धी औषधि सेवन गर्दै आउनु भएको थियो। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
