नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत एमबीबीएस कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८२/८३ का लागि मिति २०८२ कात्तिक १५ गते सञ्चालन गरिएको उक्त परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो।
आयोगका अनुसार परीक्षामा सहभागी विद्यार्थीहरूले आफ्नो योग्यताक्रमसहितको नतिजा आयोगको आधिकारिक वेबसाइट वा व्यक्तिगत प्रोफाइलमार्फत हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यस वर्ष देशका विभिन्न प्रदेशका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। आयोगले परीक्षा निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको जनाएको छ।
त्यस्तै, उत्तरपुस्तिकामा रोल नम्बर वा प्रश्नपत्र सेट नम्बर नभरिएका, गलत बबल भरेका वा परीक्षा नियमविपरीत क्रियाकलापमा संलग्न पाइएका परीक्षार्थीहरूको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ।
झूटा विवरणका आधारमा परीक्षा दिएको प्रमाणित भएमा त्यस्ता परीक्षार्थीहरूको नतिजा जुनसुकै समयमा पनि रद्द गरिने चेतावनी आयोगले दिएको छ।
आयोगले पुनर्योग सम्बन्धी विवरण पछि अलग विज्ञप्तिमार्फत सार्वजनिक गर्ने जनाएको छ। नतिजा प्रकाशनसँगै योग्यताक्रमअनुसार विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालय र शिक्षण संस्थामा भर्ना प्रक्रिया अघि बढाउन सक्नेछन्।
भर्ना मिति, आवश्यक कागजात तथा अन्य निर्देशन आयोगले चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। साथै, आयोगले विद्यार्थीहरूलाई आधिकारिक वेबसाइटबाहेक अन्य स्रोतबाट प्राप्त अनौपचारिक सूचनामा विश्वास नगर्न र सबै जानकारी आयोगकै माध्यमबाट पुष्टि गर्न अनुरोध गरेको छ।
जानकी मेडिकल कलेज कर्जा दुरुपयोग प्रकरणमा १२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय
सोमबार, असार ८, २०८३
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
