नेपाल हेल्थ न्युज, सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उत्पन्न घटनाका क्रममा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप साहमाथि हातपात र अस्पतालमा तोडफोड भएको घटनापछि चार जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ।
आइतबार साँझ अस्पतालको नवजात शिशु सघन कक्ष (एनआईसीयू) भित्र विद्युत् सर्ट भएर एलईडी बल्ब खस्दा एक शिशु घाइते भएका थिए। उक्त घटनापछि आक्रोशित आफन्तहरूले अस्पताल परिसरमा रहेका डस्टबिनमा आगजनी गर्नुका साथै प्रयोगशाला तोडफोड गरेका थिए, जसका कारण केही समय अस्पतालमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही स्थानका २४ वर्षीय विनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र २५ वर्षीय रमन यादवलाई पक्राउ गरिएको हो।
उनीहरूविरुद्ध सप्तरी जिल्ला अदालतको आदेशमा ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
हातपात र तोडफोडको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले तत्कालै आन्दोलन सुरु गरेका थिए। आइतबार राति आकस्मिक सेवा केही समयका लागि अवरुद्ध गरिएको थियो भने सोमबार बहिरंग सेवा (ओपीडी) पनि बन्द गरिएको थियो।
मंगलबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलपछि अस्पतालले घाइते शिशुको उपचार जिम्मा लिने र तोडफोडमा संलग्नहरूलाई कानूनी कारबाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. साहले बताउनुभयो। उहाँका अनुसार अहिले घाइते शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
