नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालमा प्रसुतीका क्रममा मृत्यु भएकी चितवनको कालिका नगरपालिका–२ की ३४ वर्षीया संगीता विकको परिवारलाई सहयोग र न्याय सुनिश्चित गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनमा भएको छलफलपछि मृतक परिवारका एक सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने निर्णय गरिएको छ। यससँगै, मृतकको दाहसंस्कारका लागि कालिका नगरपालिका र अस्पताल प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल मेडिकल काउन्सिलमा अनुरोध पठाउने समेत सहमति पत्रमा उल्लेख गरिएको छ।
सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कालिका नगरपालिका उपप्रमुख विमला तामाङ्ग, जिल्ला प्रहरी उपरिक्षक गोविन्द पुरी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलसँगै मृतककी छोरी नविना सुनार, आमा गोमा सुनार र श्रीमान जित बहादुर सहनीले हस्ताक्षर गरेका छन्। घटनापछि संगीता विकको परिवार र आफन्तहरूले सोमबार दिउँसो अस्पताल परिसरमा नाराबाजी समेत गरेका थिए।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
