नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालमा प्रसुतीका क्रममा मृत्यु भएकी चितवनको कालिका नगरपालिका–२ की ३४ वर्षीया संगीता विकको परिवारलाई सहयोग र न्याय सुनिश्चित गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनमा भएको छलफलपछि मृतक परिवारका एक सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने निर्णय गरिएको छ। यससँगै, मृतकको दाहसंस्कारका लागि कालिका नगरपालिका र अस्पताल प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल मेडिकल काउन्सिलमा अनुरोध पठाउने समेत सहमति पत्रमा उल्लेख गरिएको छ।
सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कालिका नगरपालिका उपप्रमुख विमला तामाङ्ग, जिल्ला प्रहरी उपरिक्षक गोविन्द पुरी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलसँगै मृतककी छोरी नविना सुनार, आमा गोमा सुनार र श्रीमान जित बहादुर सहनीले हस्ताक्षर गरेका छन्। घटनापछि संगीता विकको परिवार र आफन्तहरूले सोमबार दिउँसो अस्पताल परिसरमा नाराबाजी समेत गरेका थिए।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
