नेपाल हेल्थ न्युज, काठमाडौं । डब्लुएचओ नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवलाई आज उपभोक्ता हित संरक्षण मञ्चले बिदाइ कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ।
डा. पाण्डवले आगामी मङ्सिर ५ गते नेपालमा पाँच वर्षको सेवा अवधि पूरा गर्दै नयाँ जिम्मेवारीका लागि श्रीलंका जाने तयारी गरिरहेकाले मञ्चले उहाँलाई भावपूर्ण बिदाइ दिएको हो।
डा. पाण्डवले २०७७ असोज २ गते (सेप्टेम्बर १८, २०२०) बाट डब्लुएचओ नेपाल प्रमुखको पद सम्हाल्नुभएको थियो। बिदाइ कार्यक्रममा उहाँले नेपालमा कार्यरत रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभिन्न संघसंस्था, सरोकारवालाहरू र सञ्चार माध्यमले दिएका सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले डा. पाण्डवले डब्लुएचओ प्रमुखका रूपमा रहँदा उपभोक्ताको हकहितमा सधैं सहयोगी भूमिका निर्वाह गरेको बताउनुभयो।
उहाँले नेपालमा उपभोक्ताहरू ठगिने समस्या दिनप्रतिदिन बढ्दै गएको र हाल उपभोक्ता अदालतमा चिकित्सकीय लापरवाहीसम्बन्धी ११ वटा मुद्दा दर्ता भएकोमा तीनमात्र फैसला भइसकेको जानकारी पनि दिनुभयो। उहाँका अनुसार, मुद्दाको प्रकृतिअनुसार पीडितलाई अधिकतम डेढ करोडसम्म क्षतिपूर्ति दिने फैसला भएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
