नेपाल हेल्थ न्युज, पाख्रीबास, धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।
धनकुटा बसपार्क छेउको रेशम खेती विकास कार्यक्रमअन्तर्गत रहेको २५ रोपनी ५ आना ३ पैसा जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न सरकारले अनुमति दिएको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार लामो समयदेखि विवादित उक्त जग्गा अब प्रादेशिक अस्पतालका नाममा प्रयोग हुने भएको छ।
अहिले सो जग्गामा २५ करोड ८० लाख रुपैयाँ लागतमा पाँच तले आधुनिक अस्पताल भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ। कोशी प्रदेश सरकारले २०७८ सालमै १५ शय्या क्षमताको धनकुटा अस्पताललाई एक सय शय्याको प्रादेशिक शिक्षण अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो।
पूर्वमन्त्री राजेन्द्र राईका अनुसार करिब अढाई वर्षको प्रयासपछि जग्गा स्वामित्वको समस्या समाधान भई अस्पताल सञ्चालनको बाटो खुलेको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
