नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘सेटोफेन’ (पारासिटामोल ट्याबलेट बीपी) औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै लोमस फर्मास्युटिकल्सको (सीटी–११२३) ब्याच नम्बर भएको औषधि गुणस्तर मापदण्डमा नपुगेको पुष्टि भएपछि फिर्ता प्रक्रिया सुरु गर्न भनिएको हो।
बजार अनुगमनका क्रममा संकलित औषधिका नमुनाहरू राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो ब्याचको औषधि न्यून गुणस्तरको रहेको पाइएको विभागले जनाएको छ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्री–वितरण रोक्न तथा बजारमा रहेको मात्रा फिर्ता लैजान औषधि व्यवस्था विभागले कम्पनीलाई निर्देशन दिएको हो।
विभागले स्वास्थ्य संस्था, औषधि विक्रेता र उपभोक्तालाई सो ब्याच नम्बरको औषधि नबिक्री, नबितरण र प्रयोग नगर्न समेत आग्रह गरेको छ।

देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
