नेपाल हेल्थ न्युज, चितवन । नेपाल आहारपुरक सौन्दर्यबर्द्धक संघ (एनएनसीए) केन्द्रीय समितिको दोस्रो वार्षिक साधारण सभा बुधबार चितवनस्थित सोल्टी वेस्टर्न होटलमा सफलतापूर्वक सम्पन्न भएको छ।
संघका केन्द्रीय पदाधिकारी, प्रदेश प्रतिनिधि, उद्योग व्यवसायी, सौन्दर्यबर्द्धक उत्पादक तथा वितरण व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा व्यवसायका चुनौती, सम्भावना र नीति–निर्माण तहमा संघको भूमिकाबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको सभापति संघका अध्यक्ष विप्लव रञ्जितले गर्नुभएको थियो। सभामा उपाध्यक्षहरू विनोद बिष्ट र चन्दन न्यौपाने, महासचिव सुरज पौडेल, केन्द्रीय सदस्य सुदिपराज सुवेदी, सल्लाहकार किशोरराज घिमिरेलगायतका पदाधिकारीहरूले संघका गतिविधि, योजना र व्यवसायिक सरोकारका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।
महासचिव पौडेलले विगत एक वर्षको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले आहारपुरक सौन्दर्यबर्द्धक उद्योगलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।
महासचिव पौडेलले भन्नुभयो-
'व्यवसायिक आचारसंहिता, गुणस्तरीय उत्पादन र उपभोक्ताको विश्वास नै हाम्रो पहिचान हो। संघले नीति निर्माण तहमा सक्रिय भूमिका सुनिश्चित गर्न, र सरकारी निकायहरूसँग सहकार्यलाई अझ प्राविधिक तथा परिणाममुखी बनाउनुपर्ने आवश्यकता महसुस गरेको छ।'
अन्य वक्ताहरूले पनि व्यवसायसँग सम्बन्धित चुनौतीहरू र आगामी सम्भावनाबारे धारणा राख्दै संघले अनुसन्धान, जनचेतना र बजार व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनीहरूले आहारपुरक सौन्दर्यबर्द्धक व्यवसायलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउँदै बजारमा गुणस्तरीय सामग्रीको प्रवर्द्धन, व्यवसायिक मर्यादा र उपभोक्ता विश्वास कायम राख्न संघले अग्रसर रहनुपर्ने सुझाव दिएका थिए।
सभामा विगत एक वर्षको कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमहरू प्रस्तुत गरी सर्वसम्मत अनुमोदन गरिएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष विप्लव रञ्जितले संघको संस्थागत सुदृढीकरण र सौन्दर्यबर्द्धक व्यवसायको दिगो विकासका लागि सबै सदस्यहरू एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।
अध्यक्ष रञ्जितले भन्नुभयो-
'संघको बलियो संगठन र पारदर्शी नेतृत्वले मात्र यो क्षेत्रलाई विश्वसनीय बनाउँछ। हामी सबै मिलेर यस उद्योगलाई स्वदेशी उत्पादन, अनुसन्धान र नीति सुदृढीकरणको दिशातर्फ अघि बढाउन प्रतिबद्ध छौं।'
कार्यक्रमका सहभागीहरूले संघको प्रयासलाई प्रशंसा गर्दै व्यवसायको दीगो, स्वस्थ र उपभोक्ता–मुखी विकासका लागि निरन्तर सहकार्य र संवाद आवश्यक रहेको निष्कर्ष समेत निकालेका थिए।




जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
