नेपाल हेल्थ न्युज, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र विद्यालयमा सहज उपस्थिति सुनिश्चित गर्न विद्यालयहरूमा स्वचालित सेनेटरी प्याड वितरण मेसिन जडान गर्न सुरु गरेको छ। महिनावारीका बेला छात्रालाई आत्मविश्वासका साथ विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले यो पहल गरिएको हो।
गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ विद्यालयमा मेसिन जडान भइसकेको छ, बाँकी विद्यालयमा पनि चाँडै जडान प्रक्रिया पूरा गरिनेछ।
अध्यक्ष राईका शब्दमा, 'पहिले हामी विद्यालयमा प्याड पठाउँथ्यौँ, तर धेरै छात्राले लाजका कारण लिन हिचकिचाउँथे। अब यो मेसिनले उनीहरूलाई गोप्य र सहज रूपमा आवश्यक प्याड लिन सुविधा दिनेछ।'
पहिलो चरणमा सात माध्यमिक र पाँच आधारभूत विद्यालयमा मेसिन जडान गर्ने योजना गाउँपालिकाले बनाएको छ। यस मेसिनमा कार्ड प्रणाली प्रयोग गरिनेछ, जसको माध्यमबाट छात्राले आवश्यकता अनुसार प्याड लिन सक्नेछन्।
शिक्षा शाखाका अनुसार, महिनावारीका कारण घट्ने छात्रा उपस्थितिको समस्या समाधान गर्न यो कदम उपयोगी हुनेछ। मेसिन जडानपछि छात्राहरू विद्यालय आउँदा थप आत्मविश्वासी र सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आगामी दिनमा बाँकी विद्यालयहरूमा पनि यस्तो मेसिन जडान गर्ने र विद्यार्थीहरूका लागि स्वास्थ्य तथा स्वच्छतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
