नेपाल हेल्थ न्युज, चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले रोबर्टबाट शल्यक्रिया गर्ने उपचार सेवाको सुभारम्भ गरेको छ । अस्पतालले सेप्टेम्बर महिनादेखि थालेको रोबर्टिक शल्यक्रिया सेवा अहिलेसम्म १४ जनालाई दिएको जनाएको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपालका अस्पतालहरुमध्ये अत्याधुनिक प्रविधिको रोबर्टबाट गरिने यो शल्यक्रिया नेपालमै पहिलो हो । यद्यपि यसअघि काठमाडौंको बीएण्डबी अस्पतालले रोबर्टबाट शल्यक्रिया उपचार सेवा भने यसअघि नै दिइसकेको छ ।
विशेष गरि जटिल रोगहरु जस्तै युरो सर्जरी, क्यान्सर, स्त्री तथा प्रसूतिरोग सँग सम्बन्धित शल्यक्रिया लगायतमा यो पद्धतिबाट उपचार भइरहेको अस्पतालका प्रोफेसर डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजमा रोबटिक सर्जरीको प्रशिक्षक समेत रहनुभएका न्यूरो सर्जन डाक्टर प्रतिकमान सिंह गुरुङ जिआइ सर्जन डाक्टर विशाल आचार्य, रोहितकुमार मिश्र लगायतका डाक्टरहरु रोबटिक पद्दतिबाट उपचारमा संलग्न रहेका अस्पतालले जनाएको छ ।
रोबटिक शल्यक्रिया चिरेर गरिने र दुरविनको प्रवधिबाट गरिने शल्यक्रियामा चिकित्सकले नभइ रोबर्टले नै सबै शल्यक्रिया गर्ने पद्दति हो । जसमा चिकित्सकले दिएको निर्देशन अनुसार शल्यक्रिया गरिने रोबटिक तथा न्यूरो सर्जन डा.प्रतिकमान सिंह गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अमेरिकाबाट सुरु भएको यो प्रविधि अहिले विश्वभर फैलिएको र उपचारमा भरपर्दो पद्दतिको रुपमा लिइन्छ । सामान्यतया यो प्रविधिबाट उपचार गरेको बिरामीले शल्यक्रियाको भोलिपल्ट नै अस्पतालबाट डिस्चार्ज हुन सक्ने पनि उहाँको भनाइ छ ।
यो शल्यक्रिया सानो प्वाल बनाइ गर्न सकिने, शल्यक्रियाका क्रममा रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने, संक्रमणको संभावना पनि कम हुने लगायतका कारणले सफलता दर बढी रहेको डाक्टरहरुको दाबी छ ।
१४ वटा शल्यक्रियामा जटिल प्रकारका ८ वटा मृर्गौला र प्रोष्टेटको रहेको र अन्य बाँकी रहेको डाक्टर गुरुङले जानकारी दिनुभयो । हालसम्म चितवन मेडिकल कलेजमा गरिएका शल्यक्रियामा ५० हजारदेखि दुई लाखसम्म शुल्कमा रोबटिक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सोही प्रकारको सेवा लिन भारतमा आठ लाखसम्म भारतीय रुपैयाँ लाग्ने डा. गुरुङले बताउनुभयो ।
चितवन मेडिकल कलेजले ल्याएको रोबटिक उपचार पद्दति चीनले आविश्कार गरेको काइक्रोपोटट टुमाई हो । यो नेपालकै अत्याधुनिक उपचार पद्दतिको रोबर्ट रहेको अस्पतालले जनाएको छ ।
यसैगरि अस्पतालले भोलिरोबटिक सर्जरी कन्फ्रेन्सको पनि आयोजना गरेको छ । जसमा भारतका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका भात्रा, डा. बीरेन्द्र भगत लगायत नेपालभरबाट दुई सय जनाको हाराहारीमा डाक्टर तथा नर्सहरुको सहभागिता रहने जनाइएको छ ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
