नेपाल हेल्थ न्युज, ताप्लेजुङ । भारतमा निषेधित कफ सिरप नेपाल प्रवेश हुन सक्ने आशंकामा ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले यसको बिक्री र प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले सार्वजनिक सूचना जारी गर्दै कहीं कतै यस्ता सिरप भेटिए तत्काल जफत गरिने बताएका छन्।
भारतमा विभिन्न प्रकारका दूषित कफ सिरप सेवनका कारण बालबालिकाको मृत्यु भएपछि त्यस्ता उत्पादनमा प्रतिबन्ध लगाइएको थियो। सोही क्रममा अवैध ढंगले नेपाल भित्रिन सक्ने जोखिम देखिएकाले स्थानीय प्रशासनले यस्ता सिरपको बिक्री, वितरण वा प्रयोग नगर्न सबैलाई आग्रह गरेको हो।
यदि प्रतिबन्धित कफ सिरपको बिक्री, वितरण, भण्डारण वा प्रयोग भएको भेटिए प्रशासन वा प्रहरीलाई तुरुन्त खबर गर्न अनुरोध गरिएको छ।
भारतसँग नजिक रहेको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यस विषयमा विशेष सतर्कता अपनाइएको र निगरानी कडाइ हुने प्रजिअ सेढाईले बताउनुभएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
