नेपाल हेल्थ न्युज, काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई सरकारले चार श्रेणीमा वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको अवस्थाको सूक्ष्म मूल्यांकन गर्न गठित प्राविधिक समितिले उनीहरूलाई चार भिन्न समूहमा विभाजन गरेको हो।
समितिले घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी वर्गीकृत गरेको छ। यसका लागि मन्त्रालयले गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको नेतृत्वमा १० सदस्यीय समिति गठन गरेको थियो।
मन्त्रालयले दिएको जानकारीअनुसार चोटपटकका प्रकार र गम्भीरताका आधारमा वर्गीकरण गरिएको हो। अति गम्भीर घाइतेमा २३ प्रकार, गम्भीरमा २१ प्रकार, मध्यम श्रेणीका घाइतेमा २३ प्रकार तथा सामान्य घाइतेमा ११ प्रकारका चोटपटक पहिचान गरिएको छ।
वर्गीकरण पूरा भएपछि घाइतेलाई विशेष परिचयपत्र उपलब्ध गराइनेछ। यसका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक प्रक्रिया छिटो पूरा गर्न मन्त्रालयले निर्देशनसमेत पठाइसकेको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको प्रवक्ता बुढाथोकीले बताउनुभयो। तीमध्ये ११ जना अहिले पनि अस्पतालमा उपचाररत छन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
