नेपाल हेल्थ न्युज, धरान । धरान उपमहानगरपालिकामा अर्थोडोन्टिक एन्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएसन अफ नेपाल (ओडान) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय अर्थोडोन्टिक सम्मेलन सुरु भएको छ। सम्मेलनमा भारतका ११ सहित १०१ जना प्रतिनिधिको सहभागीता रहेको प्रतिष्ठानका एसोसिएट प्रोफेसर अर्थोडेन्टिस्ट प्रभात रञ्जन पोखरेलले जानकारी दिनुभयो ।
दुई दिने सम्मेलनमा स्वदेश–विदेशका विज्ञहरूले अर्थोडोन्टिक उपचार, क्लिनिकल अभ्यास, नयाँ उपकरण तथा प्रविधि, अनुसन्धान विधि तथा दन्त शल्यक्रियाका विषयमा तालीम, कार्यशाला र शोधपत्र प्रस्तुत गरिरहेका छन्।
बिपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठका अनुसार दन्त उपचारमा विश्वभर भइरहेको विकास र अनुभव साटासाट गर्न सम्मेलन महत्वपूर्ण रहेको बताउनुभयो । नमिलेका दाँत तथा जबडा–संरचनाका समस्याले धेरै मानिस प्रभावित हुने भएकाले सरकारी तहबाट जनचेतना र नीतिगत सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ।
सम्मेलनमा भारतका प्रा.डा. अभिषेक घोस, प्रा.डा. अभिषेक गुप्ता र डा. अभिराम चेरुकुरीले कम लागतमा सरल तरिकाले दन्त उपचार गर्न सकिने विषयमा शोधपत्र प्रस्तुत गरेका छन्। आर्थिक अवस्थाका कारण धेरै बिरामी उपचारबाट वञ्चित हुने भएकाले सहज र कम सामग्रीमा आधारित विधि महत्त्वपूर्ण रहेको उनीहरूको तर्क छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

