नेपाल हेल्थ न्युज, पोखरा । गण्डकी प्रदेश सरकार मातहत रहेका विभिन्न कार्यालयमा एकैपटक धेरै कर्मचारीको सरुवा गरिएको छ। यस सरुवाले अधिकांश कार्यालय प्रमुखहरूलाई समेत समेटेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी निर्णयअनुसार कुल ७५ जना कर्मचारीलाई फरक–फरक स्थानमा सरुवा गरिएको हो।
सरुवामा प्रदेश प्रशासन, स्वास्थ्य, वन, कृषि तथा इन्जिनियरिङसहितका विभिन्न सेवा समूहका कर्मचारी परेका छन्। प्रशासन समूहका १३ जना, स्वास्थ्य सेवाका २० जना, वन समूहका ४ जना, कृषितर्फका २७ जना तथा इन्जिनियरिङ समूहका १० जनालाई नयाँ जिम्मेवारी तोकिएको छ।
मन्त्रिपरिषद्ले पारित गरेको मापदण्डको आधारमा यो सरुवा कार्य अघि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
थप विवरण हेर्नुहोस्
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
