नेभिगेशन

गण्डकीमा स्वास्थ्य समूहका २० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल हेल्थ न्युज, पोखरा । गण्डकी प्रदेश सरकार मातहत रहेका विभिन्न कार्यालयमा एकैपटक धेरै कर्मचारीको सरुवा गरिएको छ। यस सरुवाले अधिकांश कार्यालय प्रमुखहरूलाई समेत समेटेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी निर्णयअनुसार कुल ७५ जना कर्मचारीलाई फरक–फरक स्थानमा सरुवा गरिएको हो।

सरुवामा प्रदेश प्रशासन, स्वास्थ्य, वन, कृषि तथा इन्जिनियरिङसहितका विभिन्न सेवा समूहका कर्मचारी परेका छन्। प्रशासन समूहका १३ जना, स्वास्थ्य सेवाका २० जना, वन समूहका ४ जना, कृषितर्फका २७ जना तथा इन्जिनियरिङ समूहका १० जनालाई नयाँ जिम्मेवारी तोकिएको छ।

मन्त्रिपरिषद्ले पारित गरेको मापदण्डको आधारमा यो सरुवा कार्य अघि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

 थप विवरण हेर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट