नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले यस वर्षदेखि पहिलोपटक विश्व पाठेघरको मुख क्यान्सर उन्मूलन दिवस मनाउने भएको छ। 'आजैदेखि लागौँ, पाठेघरको मुखको क्यान्सर रोकथाम गरौँ' भन्ने नारासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७८औँ महासभाले नोभेम्बर १७ लाई औपचारिक रूपमा पाठेघरको मुख क्यान्सर रोकथाम दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। सोहि दिन सन् २०२२ मा डब्लुएचओले यो क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा समाप्त गर्ने उद्देश्यसहित विश्वव्यापी रणनीति आरम्भ गरेको थियो।
विश्वका धेरै महिलाको मृत्युको कारण बन्ने यस रोगले सन् २०२२ मा मात्रै लगभग ३ लाख ५० हजारभन्दा बढी महिलाको ज्यान लियो। नेपालमा पनि यो महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक हो। ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार त्यस वर्ष नेपालमा २ हजार १६९ महिलामा यो क्यान्सर पुष्टि भएको थियो भने १ हजार महिलाको मृत्यु भएको रिपोर्ट छ।
मन्त्रालयका अनुसार नेपालमा पाठेघरको मुख क्यान्सरको वार्षिक नयाँ संक्रमण दर प्रति १ लाख महिलामा १४.२, र मृत्युदर ८.७ प्रति १ लाख छ। डब्लुएचओको लक्ष्य अनुसार उन्मूलनका लागि प्रत्येक देशले यो दर प्रति १ लाखमा ४ भन्दा कममा झार्नुपर्ने हुन्छ।
क्यान्सर रोकथामका लागि डब्लुएचओले तीनवटा प्रमुख उपायहरू सिफारिस गरेको छ — एचपीभी खोप, नियमित स्क्रिनिङ, र पहिचान भएलगत्तै उपचार। यी रणनीति प्रभावकारी रूपमा लागू भएमा सन् २०३० सम्म पाठेघरको मुख क्यान्सरबाट हुने मृत्यु ३०५ ले घट्ने अनुमान गरिएको छ।
नेपाल सरकारले २०३० भित्र ९० प्रतिशत किशोरीलाई एचपीभी खोप उपलब्ध गराउने, ३० वर्षभन्दा माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र क्यान्सर पुष्टि भएकामध्ये ९० प्रतिशत महिलालाई उपचार पुग्ने व्यवस्था गर्ने लक्ष्य लिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुख क्यान्सर दोस्रो प्रमुख कारण हो, भने क्यान्सरका कारण हुने महिला मृत्युमा यो पहिलो स्थानमा पर्छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
