नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले नोभेम्बर १८ देखि २४ सम्म विश्व प्रतिजैविक प्रतिरोध एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) सचेतना सप्ताह मनाउने तयारी गरेको छ। यस अवधिमा सरकारले ‘प्रतिजैविक प्रतिरोध रोकौँ, वर्तमान जोगाऔँ, भविष्य सुरक्षित बनाऔँ’ भन्ने सन्देश फैलाउने योजना बनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि प्रयोगमा देखिएको असावधानी र दुरुपयोगले प्रतिजैविक प्रतिरोधको जोखिम बढाएको जनाएको छ। मन्त्रालयका अनुसार, केही औषधिहरूमा प्रतिरोध बढ्दै गएकोले ती औषधि चिकित्सक वा योग्य स्वास्थ्यकर्मीको सिफारिस बिना प्रयोग गर्नु हानिकारक हुन सक्छ।
मन्त्रालयले चेतावनी दिएको छ कि यदि यो समस्या समयमै नियन्त्रणमा ल्याउन सकेन भने भविष्यमा स्वास्थ्य प्रणालीमा ठूलो चुनौती र क्षति निम्तिन सक्नेछ। त्यसै क्रममा मन्त्रालयले अस्पताल स्तरमा ‘एंटिमाइक्रोबियल स्टिवार्डशिप’ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने, आवश्यक नीति, मार्गदर्शन र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
सरकार र स्वास्थ्य क्षेत्रले प्रतिजैविकको सही प्रयोग र सचेतना फैलाउन यस सप्ताहलाई अवसरका रूपमा प्रयोग गर्ने बताएका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
