नेपाल हेल्थ न्युज, काठमाडौं । एमबीबीएसको पहिलो र दोस्रो वर्षमा असफल भएका केही विद्यार्थीले तेस्रो वर्षमा भर्ना गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालको कार्यकक्षमा तोडफोड गरेको घटना सार्वजनिक भएको छ।
उपकुलपति कार्यालयका कर्मचारीका अनुसार विद्यार्थीहरूको समूह एकाएक कार्यालयमा प्रवेश गरिरहेको अवस्थामा केहीले वस्तु तोडफोड गर्दै कार्यालयका सामग्री क्षति पुर्याएका थिए। उनीहरूले आफूहरूलाई तेस्रो वर्षमा अगाडि बढ्न नदिएको भन्दै आपत्ति जनाएका थिए।
त्रिवि नियमानुसार पहिलो र दोस्रो वर्ष उत्तीर्ण नगरी तेस्रो वर्षमा भर्ना हुन नमिल्ने व्यवस्था छ। विश्वविद्यालयका अधिकारीहरूका अनुसार यो विषय चिकित्सा शिक्षा आयोगको क्षेत्रभित्र पर्ने हुँदा त्रिविले सो नियम परिवर्तन गर्न नसक्ने स्पष्ट पारेको छ।
एक अधिकारीका अनुुुसार, 'पहिलो र दोस्रो वर्ष पास नगरी तेस्रो वर्षमा जान पाइँदैन भन्ने प्रावधान आयोगले तोकेको हो। यो विषय विश्वविद्यालयले होइन, चिकित्सा शिक्षा आयोगले हेर्ने विषय हो ।’
कर्मचारीहरूले बताएका अनुसार तोडफोडमा सहभागी मध्ये कतिपय विद्यार्थीले एमबीबीएस पढाइ नै छोडिसकेका थिए, तर पनि समूहमा आएर आन्दोलनमा सहभागी भएका थिए।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
