नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व शौचालय दिवस विभिन्न सरसफाइ सम्बन्धी गतिविधिहरूसहित मनाइँदै छ। समुदाय, स्थानीय तह, सरकारी तथा निजी क्षेत्र र गैरसरकारी संस्थाहरूले सरसफाइ सचेतना कार्यक्रम, विद्यालयस्तरमा कक्षागत अभियान, नीति–संवाद, सार्वजनिक छलफल तथा अनुभव आदान–प्रदान जस्ता गतिविधि आयोजना गर्दैछन्।
यस वर्षको दिवसले सुरक्षित र पर्याप्त खानेपानीको पहुँच वृद्धि, खुला दिसापिसाब गर्ने प्रचलन अन्त्य तथा दीगो र स्वच्छ सरसफाइ सेवा विस्तारमा विशेष ध्यान केन्द्रित गरेको छ।
सन् २०१३ देखि औपचारिक रूपमा मनाइँदै आएको यो दिवसको मूल उद्देश्य सबैलाई पहुँचयोग्य सुरक्षित शौचालय सुनिश्चित गर्नु हो। साथै पानीको गुणस्तर सुधार, जलस्रोतको दीगो व्यवस्थापन तथा सरसफाइ क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र क्षमता विकासलाई पनि यसले प्रवर्द्धन गर्दछ।
राष्ट्रसंघका अनुसार विश्वभर करिब ३ अर्ब ४० करोड मानिस अझै सुरक्षित र व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित छन् भने करिब ३५ करोड ४० लाखले अझै पनि खुला स्थानमा दिसापिसाब गर्नुपरेको छ। विशेषगरी महिला र बालिकालाई हिंसा, स्वास्थ्य जोखिम तथा असुरक्षाबाट जोगाउन शौचालयको पहुँच अनिवार्य मानिन्छ। सरसफाइका मुद्दामा वैश्विक स्तरमा सक्रियता बढाउन विश्व संस्थाले निरन्तर आह्वान गर्दै आएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
