नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल औषधि लिमिटेडले नौ नयाँ प्रकारका औषधि उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ। हाल तीन महिनाको परीक्षण चरण पूरा भइसकेको र आगामी छ महिनाभित्र सम्पूर्ण परीक्षण पूरा गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ।
लिमिटेडका अनुसार जुका, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल नियन्त्रणका औषधि, आयरन चक्की, फोलिक एसिड र एजिथ्रोमाइसिन सहितका नौ औषधि उत्पादनका लागि तयारी भइरहेको छ।
महाप्रबन्धक कैलाशकुमार पनेरुले परीक्षण सम्पन्न भएपछि औषधि व्यवस्थापन विभागबाट आवश्यक अनुमति प्राप्त गरी अर्को महिनादेखि उत्पादन सुरु गर्ने योजना रहेको जानकारी दिनुभएको छ । यसअघि लिमिटेडले ११ प्रकारका औषधिहरू नियमित रूपमा उत्पादन गर्दै आएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
