नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो समुहको सहभागिता सुनिश्चित गर्न ‘छ’ वटा एशोसिएसनहरूले माग राखेका छन्। परिषद्को कार्यप्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आफूहरूलाई सदस्यका रूपमा समावेश गर्न स्वास्थ्य मन्त्री डा. सुधा शर्मासँग उनीहरूले आग्रह गरेका हुन्।
उनीहरूले परिषद्को काम पारदर्शी, गुणस्तरीय र व्यवस्थित बनाउन आफ्नो पनि प्रतिनिधित्व आवश्यक भएको बताउँदै यसैलाई मुख्य मागको रूपमा प्रस्तुत गरेका छन्।
माग राख्ने एशोसिएसनहरूमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याब्रेटरी एशोसिएसन अफ नेपाल (मालान), नेपाल फिजियोथेरापी एशोसिएसन (नेप्टा), नेपाल सिएमए संघ तथा नेपाल दृष्टि विशेषज्ञ संघ रहेका छन्।
यी एशोसिएसनहरूको भनाइ अनुसार, परिषद्मा सम्बन्धित क्षेत्रका विज्ञ सदस्य समावेश गरिएमा जनशक्ति उत्पादनको स्तर उकासिने, निरन्तर व्यावसायिक विकास ‘सिपीडी’ कार्यक्रम प्रभावकारी रूपमा लागू हुने, लाइसेन्स प्राप्त स्वास्थ्यकर्मीहरूको निरीक्षण तथा अनुगमन सहज हुने, आचारसंहिता कार्यान्वयन सुदृढ हुने, सेवाक्षेत्रको अभिलेखीकरण व्यवस्थित हुने र परिषद्को आफ्नै परीक्षा केन्द्रसमेत स्थापना गर्न सकिने जस्ता धेरै फाइदाहरू हुनेछन्।
एशोसिएसनहरूले २०५३ सालमा स्थापना भएको परिषद्को ऐन २७ वर्ष बितिसक्दा पनि संशोधन नभएको, दफा ४ उपदफा ‘च’ अनुसार २३ वर्षदेखि निर्वाचन हुन नसकेको, दफा १२ तथा नियमावलीको दफा १२ अनुसार बन्ने विषयगत समितिमा आवश्यक संख्यामा विज्ञ सदस्य नरहेको, र परीक्षा समितिमा अनुभवी व्यक्तिको अभावजस्ता समस्याहरू रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यी कमजोरी हटाउन तथा संरचनागत सुधार गर्न परिषद् ऐन, २०५३ को दफा ४ को उपदफा ‘३’अनुसार सदस्य संख्या पुनर्समायोजन गरी आफूहरूलाई पनि परिषदमा समावेश गरिदिन मन्त्रालयसँग एशोसिएसनहरूले औपचारिक रूपमा अनुरोध गरेका छन्।


देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
