नेभिगेशन

स्वास्थ्य व्यवसायी परिषद्को स्थगित निर्वाचन कार्यतालिका पुनः सार्वजनिक

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले देशमा उत्पन्न जेनजी आन्दोलनका कारण स्थगित गरिएको निर्वाचन पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

परिषद्ले उच्च अदालत पाटनको परमादेश र परिषद्को २०८२/०४/०५ गतेको निर्णयअनुसार परिषद्‌मा दर्ता भएका स्वास्थ्य व्यवसायीहरुको जनस्वास्थ्य, चिकित्सा, निदान तथा पुनस्थापना र विविध विषय समूहबाट एक-एक जनाको प्रतिनिधित्व हुने गरी चार सदस्य पदको निर्वाचन सम्पन्न गर्न सार्वजनिक सूचना जारी गरेको थियो।

तर, मिति २०८२/०५/२३ र २४ गते देशभर जेनजी आन्दोलनका कारण निर्वाचन गर्न असहज भएकोले निर्वाचन सम्पूर्ण प्रक्रिया अर्को सूचना नआउँदासम्म स्थगित गरिएको थियो। यसपछि परिषद्ले स्थगित भएको निर्वाचन तालिका संशोधन गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

संशोधित निर्वाचन कार्यतालिका अनुसार प्रमुख प्रक्रिया यस प्रकार छन्ः

  • मतदाता नामावली अध्यावधिक: २०५२ मंसिर मसान्तसम्म
  • मतदाता नामावली प्रकाशन: २०८२ पौष ७ गतेसम्म
  • मतदाता नामावलीमाथि दावीरविरोध: २०८२ पौष १३ गते बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म
  • अन्तिम मतदाता नामावली प्रकाशन: २०८२ पौष १८ गते अपरान्ह ३ बजे
  • उम्मेदवारको मनोनयन दर्ता: २०८२ पौष २० गते बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म (परिषद्को कार्यालय, बाँसवारी, काठमाडौं)
  • उम्मेदवार नामावली प्रकाशन: २०८२ पौष २२ गते अपरान्ह ४ बजे
  • उम्मेदवारमाथि दावीरविरोध: २०८२ पौष २४ गते १० बजे देखि अपरान्ह ४ बजे सम्म
  • उम्मेदवारको नाम (मनोनयन) फिर्ता लिन: २०८२ पौष २८ र २९ गते बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म
  • उम्मेदवारको अन्तिम नामावली प्रकाशन: २०८२ पौष ३० गते अपरान्ह ४ बजे सम्म
  • मतदान: २०५२ माघ १८ गते आइतबार बिहान १० बजे बाट अपरान्ह ४ बजे सम्म

परिषद्को कार्यालयले जनाएको छ, अन्य विस्तृत जानकारी परिषद्को आधिकारिक वेबसाइट nhpc.gov.np र फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।

nepal-bebashy-1763547013.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट