नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति प्रक्रियाका लागि १० उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै स्वीकृत आवेदकहरूको नाम सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार विश्वविद्यालयको रजिष्ट्रार पदका लागि परेका आवेदनमध्ये आवश्यक मापदण्ड पूरा गरेका उम्मेदवारहरूको नामावली यस प्रकार छ:चन्द्र प्रकाश भट्ट, प्रमोद कुमार यादव, डवल बहादुर धामी, खेमराज जोशी, शिवप्रसाद सापकोटा, डमरु पनेरु, गोविन्द्र सिंह विष्ट, शिला मैनाली, भिम बहादुर चन्द र पदम राज जोशी। अब नियमअनुसार उमेदवारहरूको प्रस्तुति, मुल्यांकन तथा अन्तिम छनोट प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१८ वर्षीया नर्स सुनिता बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि
आइतबार, असोज ४, २०८३
स्वास्थ्य सेवामा जनशक्ति अभाव हुन नदिन मधेश सरकारले अस्थायी दरबन्दी स्वीकृत गर्ने
आइतबार, असोज ४, २०८३

