नेपाल हेल्थ न्युज, काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले करार सेवाका लागि विभिन्न पदमा स्वास्थ्यकर्मचारी माग गरेको छ। अस्पतालले २४ जना मेडिकल अधिकृत (आठौँ तह), १७ जना स्टाफ नर्स (पाँचौँ तह) तथा १ जना बायोमेडिकल इन्जिनियर (आठौँ तह) पदका लागि दरखास्त आह्वान गरेको जानकारी दिएको छ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आजदेखि १८ मंसिर भित्र आवेदन दिन सक्नेछन्। आवेदन फारम अस्पतालको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न मिल्ने अस्पतालले जनाएको छ। उम्मेदवारहरूको छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ता मार्फत गरिने अस्पतालले स्पष्ट पारेको छ।
थप जानकारीका लागि हेर्नुहोस्

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
