नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालको जेनेटिक प्रयोगशालामा अहिले सीमित अनुवांशिक रोगको मात्र परीक्षण हुँदै आएको छ। तर अब क्यान्सरसहित थप समस्या पहिचान गर्न सकिने सेवाको तयारी तीव्र रुपमा अघि बढिरहेको छ।
अस्पतालले नेपालमै नखुलेको क्यान्सर जीन सिक्वेन्सिङ सेवा शुरू गर्ने प्रक्रिया अघि बढाएको हो। हाल भारतमा परीक्षणका लागि निर्भर रहनुपर्ने भएकाले क्यान्सर तथा अन्य आनुवंशिक समस्या भएका बिरामीलाई उपचारमा ढिलाइ र खर्चको भार पर्ने गरेको छ।
जेनेटिक विभागका प्रमुख डा. निलम ठाकुरका अनुसार नेपालमा आवश्यक सुविधा नहुँदा धेरै बिरामीहरू महङ्गो शुल्क तिरेर विदेश पठाउनुपर्ने बाध्यता छ। यही समस्या समाधान गर्न ‘नेक्स्ट जेनरेशन जीन सिक्वेन्सिङ (एनजीएस) मेसिन’ ल्याउने पहल जारी छ।
उहाँका अनुसार, विगत चार वर्षदेखि स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेश गरिएको थियो। निरन्तर पहलपछि यस वर्ष उपकरण उपलब्ध हुने सम्भावना बलियो देखिएको छ। स्वास्थ्य मन्त्रालय र केही दातृ निकायसँगको प्रारम्भिक छलफल सकारात्मक रहेको र छिट्टै दोस्रो चरणको बैठक बस्ने जानकारीसमेत उहाँले दिनुभयो।
यी उपकरण तथा आवश्यक सामाग्री खरिद गर्न करिब १०–१५ करोड रुपैयाँ लाग्ने अनुमान छ। मेसिन सञ्चालनमा आएपछि क्यान्सरको प्रकार पहिचान, परिवारमा क्यान्सरको जोखिम छ कि छैन भन्ने निर्धारणदेखि जटिल आनुवंशिक रोगहरूको परीक्षण नेपालमै सम्भव हुनेछ।
डा. ठाकुरका अनुसार क्यान्सर हुने सम्भावना समयमै पहिचान गर्न सकिने भएकाले उपचार योजना छिटो र प्रभावकारी बन्नेछ। अहिलेसम्म विदेश पठाउने क्रममा ४० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च हुने परीक्षण नेपालमै धेरै सस्तोमा गर्न सकिने बताइन्छ।
नेपालमा सम्पूर्ण जीन सिक्वेन्सिङ सेवा नहुँदा बाँझोपन, गर्भ नटिक्ने, जन्मजात जटिल समस्या लगायत धेरै रोगको कारण पत्ता लगाउन कठिन थियो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
